PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

गस्तीमा खटिएका दुई प्रहरीको हत्यामा संलग्न ९ जनालाई जन्मकैद



पहिलोपोस्ट

गस्तीमा खटिएका दुई प्रहरीको हत्यामा संलग्न ९ जनालाई जन्मकैद

कैलाली : कैलालीमा मटर तस्करीका क्रममा मारिएका दुई प्रहरीको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला सुनाइएको छ।

मङ्गलवार जिल्ला अदालत कैलालीका मुख्य न्यायाधीश जयानन्द पनेरुको इजलासमा सुनाइएको अन्तिम फैसला अनुसार घटनामा संलग्न ९ जनालाई जन्मकैदको फैसला तोकिएको हो। 

न्यायाधीश पनेरुका अनुसार हत्या अभियोग लागेका धनगढी १० का २३ वर्षीय रोहित राना उर्फ पर्कु, रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय सुरेश राना उर्फ चोर, २५ वर्षीय राजकुमार राना उर्फ गब्बर, २२ वर्षीय राम निवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने राम गोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाइएको हो।

गत वर्ष कार्तिक १ गते राती धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत बिटका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको गस्तीमा खटिएका क्रममा नेपाल भारत सीमा स्थिति मोहना घाटमा हत्या गरिएको थियो।

राती १० बजे नेपालबाट बाट भारत तर्फ मटर तस्करी गर्दै गर्दा प्रहरीले रोक्न खोजेपछि घरेलु हतियार प्रयोग गरी उनीहरूले दुई जनाको हत्या गरेको अभियोग लागेको थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell