PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

जब पाटन दरबार क्षेत्रमा आगो लाग्यो ..., दृश्यमा विपदसँग कृत्रिम संघर्ष

जब पाटन दरबार क्षेत्रमा आगो लाग्यो ..., दृश्यमा विपदसँग कृत्रिम संघर्ष

समर्थ रञ्जित/पहिलोपोस्ट


पाटन दरबार क्षेत्र सधैँ झै व्यस्त छ। चाडवाड भएकोले मानिसहरुको चहलपहल पनि बढी नै छ। यसबिच आज बिहान ललितपुरमहानगरपालिका वडा नं १९ ईखालखुमा आगो लाग्यो। आगलागीबाट करिब १५ घर जलिरहेको सूचना पाउन साथ प्रहरी, नगर प्रहरी र स्थानीय मिलेर आगो निभाए। आगलागीमा घाइतेहरुको उद्धार गरे।

दृश्य हो आज पाटन दरबार क्षेत्रमा विपद् कृत्रिम अभ्यासको।

ललितपुर महानगरपालिका र युएनडीपीको सहकार्यमा आज ललितपुरमा विपद् कृत्रिम अभ्यास गरिएको थियो। समुदायलाई विपद्को पूर्व तयारीबारे जानकारी गराउने हेतुले आजको अभ्यास गरिएको महानगरपालिकाले जनाएको छ।

सडक दुर्घटना, आगलागी र भूकम्पपछि व्यस्त क्षेत्रमान उद्धार र राहतको कार्य कसरी अघि बढ्छ भनेर प्रदर्शन गरिएको थियो। सचेतना बढाउनका लागि यस्ता अभ्यासहरु हुँदै आएका छन्। हेर्नुस् कृत्रिम अभ्यसका 'साच्चिकै लाग्ने' गतिविधि-



ट्रेन्डिङ पोस्ट

Ncell