काठमाडौँ: प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो इजलास बसेको छ।
उनले आफ्नो इजलासबाट ५ वटा आदेश समेत जारी गरेका छन्। बुधबार आफैसँग विद्रोह गरिरहेका न्यायाधीशसँग प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संयुक्त इजलास तोकेका थिए। यसअघि सोमबार र मंगलबार जबराले आफूलाई इजलास तोकेका थिएनन्।
बुधबार आफू समेतलाई इजलास तोकेका छन्। बुधवार आफ्नो इजलासबाट पाँच वटा आदेश जारी गरेका हुन्। बन्दी प्रत्यक्षीकरण दुई, अदालतको अवहेलना एक, सम्पति शुद्धिकरण एक र कालोवजार तथा अन्य केही सामाजिक अपराध सम्वन्धि कसुर एक गरी पाँच वटा मुद्दामा जबराले आदेश जारी गरेका हुन्। उनले बन्दीप्रत्यक्षीकरणमा बन्दीका मुद्दामा आदेश पनि भए कारण देखाउ पनि दिएका छन्।
त्यस्तै अदालतको अवहेलना मुद्दा तामेलीमा राखिएको छ। सम्पति शुद्धिकरणमा निवेदन फिर्ता र कालोबजारीमा कैफियत प्रतिवेदन माग्ने गरी आदेश जारी गरिएको छ।
बुधबार सात वटा संयुक्त इजलास गठन गरिएका छन्। यसअघि सोमवार ७ वटा र मंगलवार ८ वटा इजलास गठन गरिएको थियो।एक संवैधानिक र एक एकल इजलास गठन गरिएको छ। तर, न्यायाधीशहरुको अघोषित इजलास बहिष्कारका कारण बुधबार पनि इजलास भने बस्न सकेको छैन।
