PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

'वाकओभर'को तयारीमा मुख्यमन्त्री शाक्य, प्रदेशसभामा सम्बोधनपछि राजीनामा दिने



निशा गुरुङ

'वाकओभर'को तयारीमा मुख्यमन्त्री शाक्य, प्रदेशसभामा सम्बोधनपछि राजीनामा दिने

हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजै पदबाट राजीनामा दिने भएकी छन्।

शाक्यले गत असोज २४ गते विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गर्दा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नबारे आज प्रदेशसभामा उत्तर दिएपछि राजीनामा घोषणा गर्ने तयारी रहेको नेकपा एमाले प्रदेशसभा सचेतक दिपक निरौलाले जानकारी दिए।
 
यसपछि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनापत्र बुझाउने उनले बताए। आज बस्ने प्रदेशसभामा मुख्यमन्त्री शाक्यको विश्वासको मत विभाजन हुने कार्यतालिका छ। मतदानको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ। मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितका कर्मचारी खटाइने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

यदि मुख्यमन्त्री शाक्यले आज पनि रााजीनामा नदिइै आलटाल गरेमा विपक्षी गठबन्धन हस्ताक्षरसहित सरकार ढाल्न प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष जाने तयारी रहेको नेकपा माओवादी केन्द्र बागमती प्रदेस सभा सदस्या प्रेम बहादुर पुलामीले बताए।
 
विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि बनाउने निर्णय गरिसकेको छ। बागमतीमा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell