PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

राजीनामा दिने तयारीमा वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य



पहिलोपोस्ट

राजीनामा दिने तयारीमा वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजै पदबाट राजीनामा दिने भएकी छिन्।

शाक्यले गत असोज २४ गते विश्वासको मतसम्बन्धी प्रस्ताव टेबुल गरेकी थिइन्। उक्त बैठकमा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नबारे आज प्रदेशसभामा उत्तर दिएपछि राजीनामा घोषणा गर्ने तयारी रहेको नेकपा एमाले प्रदेशसभा सचेतक दिपक निरौलाले जानकारी दिए।

यसपछि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामापत्र बुझाउने उनले बताए।

आज बस्ने प्रदेशसभामा मुख्यमन्त्री शाक्यको विश्वासको मत विभाजन हुने कार्यतालिका छ। मतदानको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ। मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितका कर्मचारी खटाइने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि बनाउने निर्णय गरिसकेको छ । वाग्मतीमा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell