PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

प्रधानन्यायाधीश जबरालाई गोपालप्रसाद पराजुलीको सल्लाह : आरोपको अनुसन्धानसम्म बिदामा बस्नुस्



पहिलोपोस्ट

प्रधानन्यायाधीश जबरालाई गोपालप्रसाद पराजुलीको सल्लाह : आरोपको अनुसन्धानसम्म बिदामा बस्नुस्
फाइल फोटो : रासस

काठमाडौं : पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायलयमा देखिएको समस्या समाधान गर्न निकास दिन जरुरी भएको बताएका छन्।

अवाञ्छित लाञ्छना लागेकोले जबराले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन इजलासबाट पन्छिएर जवाफ दिनुपर्ने पराजुलीले बताएका छन्। जबराले अनुसन्धान अवधिभर इजलासमा आउँदिन र आफूमाथि लागेका आरोपहरुको स्वतन्त्र छानबिन होस् भनेर बिदामा बस्नुपर्ने उनले सुझाव समेत दिएका छन्।

पराजुलीले भने, 'हुल र गुटले हुँदैन विधिसम्मत चल्नुपर्छ, न्यायसम्मत चल्नुपर्छ। मलाई लाग्छ यसमा केही न केही निकासहरु आउला। आजभोलि नै आउला। यो रियलाइजेशन पार्टीहरुले पनि गर्नुपर्छ।'

प्रधानन्यायाधीशले स्वतन्त्र न्यायालयका मूल्य र मान्यता र नैतिकताका बारेमा सोच्नुपर्ने उनको तर्क थियो।  रावणको अहंकारका कारण रामायणको युद्ध भएको भन्दै उनले पदमा भएको व्यक्ति क्षमाशील हुनुपर्ने र सुझबुझपूर्ण ढंगले अघि बढ्नुपर्ने बताए। प्रधानन्यायाधीशले गल्ती गर्नै नपाउने भन्दै यदि उसले गरेका गल्तीहरु वस्तुनिष्ट भए सबै राजनीतिक पार्टीले छलफल गरेर निकास दिनुपर्ने बताए।

'राजनीतिक पार्टीहरुले प्रधानन्ययाधीशलाई हटाउने भनेको कुरा चान्चुने कुरा होइन। प्रधानन्यायाधीशले गल्ती गर्नै पाउँदैन। प्रधानन्यायाधीशले गरेका गल्तीहरु वस्तुनिष्ठ छन् भने सबै राजनीतिक पार्टीले छलफल गरेर निकास दिनुपर्छ' उनले भने,'महाअभियोगले केही गर्न सक्दैन भन्ने हो भने त्यसले निकास दिन सक्दैन। निकासका दुई वटा उपाय छन्, आरोपको छिनोफानो नहोउन्जेल बिदामा बस्ने, पन्छिएर अदालत सञ्चालन हुन दिनुपर्छ, मलाई लञ्छना लागेको छ छोड्छु भन्नुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell