PahiloPost

Jun 17, 2026 | ३ असार २०८३

फोक्सुण्डो घुम्न जाने क्रममा खोलामा खसेर युवती बेपत्ता



रासस

फोक्सुण्डो घुम्न जाने क्रममा खोलामा खसेर युवती बेपत्ता

काठमाडौं : हिमाली जिल्ला डोल्पास्थित शे-फोक्सुण्डो ताल भ्रमण गर्न जाने क्रममा सुलिगाड खोलामा खसेर एक युवती बेपत्ता भएकी छिन्।

दुनैबाट पैदल हिँडेर फोक्सुण्डो जाने क्रममा शे-फोक्सुण्डो गाउँपालिका–९ अन्तर्गत पर्ने छेप्का भन्ने स्थानबाट आज बिहान १० बजेतिर सुलिगाड खोलामा खसेर२६ वर्षीया युवती बेपत्ता भएकी हुन्। 

ठूलीभेरी नगरपालिका–३ दुनै बस्ने सलिना बुढा बेपत्ता भएको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

बुढा हिँड्ने क्रममा खुट्टामा ठेस लागेर खोलामा खसेको बताइएको छ। प्रहरी, सेना तथा आफन्त मिलेर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell