PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

'डाँडाको वरपीपल' अब ओटीटीमा



पहिलोपोस्ट

'डाँडाको वरपीपल' अब ओटीटीमा

काठमाडौं: शोभित बस्नेतको निर्देशन रहेको फिल्म ‘डाँडाको वरपीपल’ बिहिबारबाट डिसहोममा प्रदर्शन हुने भएको छ। यो फिल्म बिहीवारबाट डिस होमको च्यानल नम्बर ८८८ मा रिलिज हुने भएको छ।

असोज २६ गते फुलपातीको दिनबाट सिनेमाहलमा प्रदर्शन भएको यो फिल्मले 'महानायक' विवादकाबिच व्यापार गर्न सकेन। जसकारण फिल्म सिनेमाहलबाट नै हटिसकेको छ।

शोभितले भने फिल्म हलको लागि नभएर ओटीटी प्याल्टफर्मको लागि निर्माण गरेको दाबी गर्दै आएका छन्। बन्द भएका सिनेमाहल चलायमान बनाउन मात्रै आफूले फिल्म हलमा रिलिज गरेको उनको दाबी छ। लक्ष्मीपूजाको दिनदेखि नेपालका सम्पुर्ण ओटीटी प्याल्टफर्ममा फिल्म रिलिज हुने उनले बताए।

जातको कारण एक प्रेमजोडीले भोग्नु परेको अनेक दुःख र पिडालाई यस फिल्ममा देखाइएको छ। फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, उतम केसी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण भएको फिल्ममा नवराज गिरीको लगानी रहको छ भने फिल्मको कथा रामकाजी घिमिरेको लेखेका हुन्। सुशान्त प्रजापतिको छायांकन रहेको फिल्ममा रामजी राउत मुख्य सहायक निर्देशक र आकाश बुढाथोकी सहायक निर्देशक रहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell