PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

हामीलाई प्रधानन्यायाधीशको चिन्ता छ, अदालतको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं : पौडेल



पहिलोपोस्ट

हामीलाई प्रधानन्यायाधीशको चिन्ता छ, अदालतको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं : पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा देखिएको विवादमा कांग्रेसले हस्तक्षेप नगर्ने बताएका छन्। सिंहदरवारमा भएको काँग्रेस पदाधिकारी बैठकपछि पौडेलले न्यायलयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने बताउएका हुन्।

उनले अदालतमा उत्पन्न असहज परिस्थितीलाई 'न्यायलयको आन्तरिक मामिला' भन्दै प्रतिक्रिया दिन नमिल्ने समेत बताए।

‘प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ।  न्यायलयमा असहज परिस्थिती बनेको छ।  न्यायालयको आन्तरिक मामिलामा ज्यादै कमेन्ट त गर्दैनौं, हस्तक्षेप गर्न चाहेको होइन’ उनले भने।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तारका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट गजेन्द्र हमाललाई मन्त्री बनाएको आरोप लाग्दै आएको छ। हमालले राजीनामा दिएपनि न्यायालयमा अहिले प्रधानन्यायाधीश राणाको बारेमा चर्को बहस चलिरहेको छ। सर्वोच्च अदालतका न्यायाधीशहरुले समेत प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell