PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

वाग्मतीमा भोलि दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुखद्वारा आह्वान



पहिलोपोस्ट

वाग्मतीमा भोलि दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुखद्वारा आह्वान
प्रदेशसभा भवन

काठमाडौं : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्रीको प्रक्रिया सुरु भएको छ।

प्रदेश प्रमुखको कार्यालयले बहुमत पुग्ने दललाई मुख्यमन्त्री पदका लागि दाबी गर्न आह्वान गरेको छ। त्यसका लागि बिहीवार ३ बजेसम्म समय तोकिएको छ।

भदौ २ गते मुख्यमन्त्री बनेकी शाक्यले अल्पमतमा परेपछि पदमा नियुक्त भएको ७१ दिनमा बुधबार पदबाट राजीनामा दिएकी हुन्। वाग्मतीमा विपक्षी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीका लागि दाबी गरिरहेका छन्।

पाण्डे र नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्र बाँनियाबिच आलोपालो सहमति भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell