PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

एकीकृत समाजवादीको चुनाव चिह्न कलम



पहिलोपोस्ट

एकीकृत समाजवादीको चुनाव चिह्न कलम

काठमाडौं : नेकपा एकीकृत समाजवादीले कलम चुनाव चिन्ह पाएको छ। कलम चुनाव चिह्न लिनका लागि लागि नेकपा एकीकृत पार्टीसँग समाजवादीले एकता गरेको थियो।

जीवन राईको पार्टी नेकपा एकीकृतको चुनाव चिन्ह कलम रहेकोमा एकतापछि एकीकृत समाजवादीले कलम चुनाव चिन्ह पाएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

असोज २२ गते नेकपा एकीकृत र एकीकृत समाजवादीले एकता भएको औपचारिक जानकारी निर्वाचन आयोगलाई गराएका थिए। उक्त जानकारीपछि निर्वाचन आयोगले आज कलम चुनाव चिह्न दिएको हो।

राईले नेकपा एमाले विभाजन अघि नै नेकपा एकीकृत दल निर्वाचन आयोगमा दर्ता गराएका थिए। त्यतिबेला राईले नेता नेपालको निर्देशनमा पार्टी दर्ता गरेको बताइएको थियो। दुवै पार्टीबिच ८ बुँदे सहमति सहित एकताको घोषणा भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell