PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

५९ सांसदको हस्ताक्षरसहित वाग्मती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेद्वारा दावी पेश



निशा गुरुङ

५९ सांसदको हस्ताक्षरसहित वाग्मती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेद्वारा दावी पेश

हेटौँडा : वाग्मती प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गर्न नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डे प्रदेश प्रमुखको कार्यालय पुगेका छन्। एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डे आफ्नो दलसँगै नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता सालिकराम जम्कट्टेल, नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँसहित जनता समाजवादी पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेश गर्न प्रदेश प्रमुख समक्ष गएका हुन्।

पाण्डे माओवादी केन्द्रका २३ सांसद, कांग्रेसका २२ सांसद, एकीकृत समाजवादीका १३ सांसद र जसपाका १ सांसद गरी ५९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका हुन्। बुधवार अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजिनामा दिएसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठका लागी दावी पेश गर्न बिहीवार ३ बजेसम्मको समय दिएका थिए।

१०९ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५५ मत आवश्यक पर्छ। गठबन्धनमा रहेका माओवादी केन्द्रसँग २३, कांग्रेससँग २२, एकीकृत समाजवादीसँग १३ र जसपाका एक सांसद छन्। प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४३ सांसद छन्। विवेकशील साझाका तीन, नेमकिपा र राप्रपाका २/२ सदस्य रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell