PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

बार्सिलोनाका प्रशिक्षक कोम्यान बर्खास्त



पहिलोपोस्ट

बार्सिलोनाका प्रशिक्षक कोम्यान बर्खास्त
Photo: Reuters

स्पेनिस क्लब बार्सिलोनाले आफ्ना प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ। गएराति सम्पन्न रायो भालेकानोसँगको खेलमा बार्सिलोनाले पराजय ब्यहोरेसँगै कोम्यान बर्खास्त भएका हुन्।

बार्सिलोनाले जारी सिजन १० खेलबाट मात्र १५ अंक जोडेर तालिकाको ९ औं स्थानमा छ भने च्याम्पियन्स लिगमा पनि दुईवटा खेलमा पराजय ब्यहोरिसकेको छ।

'क्लबका अध्यक्ष जोआन लापोर्टाले भालोकानोसँगको पराजयपछि कोम्यानलाई निर्णयबारे जानकारी दिएका थिए,' बार्सिलोनाको विज्ञप्तिमा भनिएको छ, 'कोम्यानले बिहीवार टिमलाई 'गुडबाई' भन्नेछन्।'

गएराति सम्पन्न खेलमा बार्सिलोना भालेकानोसँग १-० ले पराजित भएको थियो भने त्यसअघिको खेलमा रियल मड्रिडसँग २-१ गोलअन्तरले पराजित भएको थियो।

बार्सिलोनाको प्रशिक्षकमा नियुक्त भएको १४ महिनापछि कोम्यान क्याम्प नोउबाट बाहिरिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell