PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

एएफसी यू २३ एसियन कप क्वालिफायर्स: नेपाल र ताजकिस्तान भिड्दै



पहिलोपोस्ट

एएफसी यू २३ एसियन कप क्वालिफायर्स: नेपाल र ताजकिस्तान भिड्दै

काठमाडौं: एएफसी यू २३ एसियन कप क्वालिफायर्समा नेपालले आज ताजकिस्तानको सामना गर्दैछ। ताजकिस्तानस्थित रिपब्लिक सेन्ट्रल स्टेडियममा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ।

पहिलो खेलमा नेपाल इरानसँग ४-० ले पराजित भएको थियो भने ताजकिस्तानले लेबनानलाई १-० ले हराएको थियो। यू २३ एसियन कप क्वालिफायर्सको समूह बी मा नेपालसहित ताजकिस्तान, इरान र लेबनान रहेका छन्।

नेपाली टोलीका कप्तान अर्पण कार्कीले इरानसँगको खेलमा दोस्रो हाफमा कमजोरी भएको भन्दै त्यसलाई सुधारेर ताजकिस्तानसँग प्रतिस्पर्धा गर्ने बताए। त्यस्तै प्रशिक्षक बालगोपाल महर्जनले लेबनान र ताजकिस्तानको खेल हेर्दा उनीहरु पनि शसक्त टिम रहेको देखेको बताए। 'टेक्निकल्ली एकदमै साउण्ड छ। हामीले बल होल्ड गरेर बल पोजिसन राख्न सके इरानसँग जस्तो नभइ यी टिमहरुलाई बढी प्रेसर दिन सक्छौं जस्तो लाग्छ।' महर्जनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell