भक्तपुर : भक्तपुरको विद्यार्थी निकेतन माविको प्रांगणमा पानी ट्यांकी खन्ने क्रममा पुरातात्विक भवनका अवशेषहरु भेटिएका छन्।
जमिनको सतहबाट साढे ६ फिट मुनि टेपु ल्हाँ, टेलीय इँटा (चिकं अप्पा), फ अप्पा, दाची अप्पाले बनाएको पेटीलगायतका अवशेषहरु भेटिएका हुन्।
अवशेषहरु फेला परेपछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशी नेतृत्वको टोलीले बुधाबार उक्त क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
फेला परेको अवशेष मल्लकालीन पुस्तकालयको हुनसक्ने बताइएको छ। यसबारेमा भक्तपुर नगरपालिकाले अध्ययन गर्ने नगरप्रमुख प्रजापतिले बताए।
