PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

प्रतिनिधि सभामा एमालेको अवरोध कायमै, १३ बैठकमा यी सांसद अनुपस्थित



पहिलोपोस्ट

प्रतिनिधि सभामा एमालेको अवरोध कायमै, १३ बैठकमा यी सांसद अनुपस्थित
फाइल फोटो

काठमाडौं : प्रतिनिधि सभाको बिहीवारको बैठकलाई पनि नेकपा (एमाले)ले अवरोध गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नासाथ एमालेका सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेका थिए। सभामुख सापकोटाको राजीनामा मागेर बैठक अवरोध गरिरहेको एमालेले आफ्नो अडानलाई कायमै राखेको हो। सभामुख सापकोटाले नेकपा एमालेले कारवाही गरेका सांसदहरुको सूचना सभामुख सापकोटाले नटाँसेको भन्दै विरोध जनाइरहेको छ।

बिहीवारको बैठकमा सभामुख सापकोटाले एमालेलाई बैठकको अवरोध हटाउन अनुरोध गरेका थिए। तर, सभामुखले आग्रह गर्दा पनि एमालेको अवरोध भने कायमै थियो।

बिहीवारको बैठकमा कार्यभार तोकिएको सम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेश र अनुपस्थितिको सूचना प्रस्तुत गर्ने कार्यसूचि रहेको थियो।

सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाएका गजेन्द्र हमालले राजीनामा दिएको सूचना राष्ट्रपति कार्यालयबाट आएको बताए। यस्तै, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट दलित आयोग सम्बन्धिको प्रतिवेदन पेश गरेका थिए। यस्तै सभामुख सापकोटाले अनुपस्थितिको सूचना स्वीकृतिका लागि वाचन गरेका थिए।

सूचना अनुसार झलनाथ खनाल प्रतिनिधि सभाको १३ वटा बैठकमा अनुपस्थित भएका छन्। २०७८ भदौ १३ गतेदेखि कात्तिक ११ गतेसम्म खनाल अनुपस्थित भएको सापकोटाले बताए। सांसद प्रदीप गिरी र कर्मा घले पनि १३ वटा बैठकमा अनुपस्थित भएका छन्। भदौ २३ देखि कात्तिक ११ गतेसम्को बैठकमा उनीहरु अनुपस्थित भएका हुन्। प्रतिनिधि सभाको अर्को बैठक कात्तिक २९ गतेका लागि बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell