PahiloPost

Dec 7, 2025 | २२ मंसिर २०८२

राजेन्द्र पाण्डे बने वाग्मतीका तेस्रो मुख्यमन्त्री, तीन जना मन्त्रीले पनि लिए सपथ



पहिलोपोस्ट

राजेन्द्र पाण्डे बने वाग्मतीका तेस्रो मुख्यमन्त्री, तीन जना मन्त्रीले पनि लिए सपथ

काठमाडौं : नेकपा एकीकृत समाजवादीका वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीको सपथ लिएका छन्।

प्रदेश प्रमुखको कार्यालयमा पाण्डेसहित ३ जना मन्त्रीले सपथ लिएका हुन्। बुधवार नेकपा एमालेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री चयनका लागि प्रक्रिया सुरु भएको थियो।

विपक्षी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीले सरकार गठन गरेको हो। जसलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन रहेको छ।

मुख्यमन्त्री पाण्डेसँग काँग्रेसबाट कृष्णलाल भँडेल, माओवादी केन्द्रबाट कुमारी मोक्तान र एकीकृत समाजवादीबाट कृष्णप्रसाद खनालले मन्त्रीको सपथ लिएका छन्। मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजना र भँडेललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell