PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

६ महिनापछि खुलेको लाइसेन्सको अनलाइन आवेदन प्रणाली तीन दिनमै बन्द



पहिलोपोस्ट

६ महिनापछि खुलेको लाइसेन्सको अनलाइन आवेदन प्रणाली तीन दिनमै बन्द

काठमाडौं : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द भएको छ। खुलेको तीन दिनमै प्रणालीमा प्राविधिक समस्या आएको भन्दै मर्मत लागि बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।

६ महिनापछि सोमबारबाट अनलाइन प्रणाली खुला गरिएको थियो। सरकारले निषेधाज्ञा जारी गरेका कारण वैशाख १६ गतेदेखि बन्द गरिएको थियो। 

दसैंअघि नै ट्रायल सञ्चालनमा आए पनि अनलाइन आवेदन भने खुलाइएको थिएन। अनलाइन आवेदन दिएर ट्रायल दिने पर्खाइमा सात लाख बढीको ब्याकलग भएपछि नखुलाइएको हो। सीमित ट्रायल सेन्टरहरु रहेका कारण ब्याक लक बढेको विभागले जनाएको छ। अनलाइन आवेदन दिएको करिब ६ महिनामा ट्रायलका लागि पालो आउने अवस्था छ।

विभागलाई चौतर्फी रुपमा अनलाइन आवेदन खुलाउन दबाब दिएपछि संचालनमा ल्याइएको थियो। प्रणालीमा मै समस्या आएका कारण पुन: अनलाइन आवेदन अनिश्चित बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell