PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

५९१ जना कोभिड-१९ संक्रमित थपिँदा दूई जनाको मृत्यु, २४ घण्टामा एक लाख बढीलाई खोप



पहिलोपोस्ट

५९१ जना कोभिड-१९ संक्रमित थपिँदा दूई जनाको मृत्यु, २४ घण्टामा एक लाख बढीलाई खोप

काठमाडौं : थप ५९१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा ११ हजार तीन सय ५५ नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। सो अवधिमा आठ हजार आठ सय ४८ आरटी-पीसीआर परीक्षणका क्रममा ५२७ र दुई हजार पाँच सय ७ एन्टिजेन परीक्षणका क्रममा ६४ जनामा संक्रमण पुष्टि भएको हो। 

योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या नौ लाख पाँच हजार सात सय ७६ पुगेको छ। 

त्यस्तै पछिल्लो २४ घण्टामा २ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार तीन सय ८२ पुगेको छ। 
पछिल्लो २४ घण्टामा छ सय ६४ जना संक्रमित संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ। यसैबीच हाल नेपालमा १० हजार दुई सय ३६ जना सक्रिय संक्रमित उपचारका क्रममा रहेका छन्। 

एक लाख बढीलाई खोप 
यसैबीच पछिल्लो २४ घण्टामा एक लाख एक हजार चार सय ७५ जनालाई कोभिड-१९ विरुद्धको खोप प्रदान गरिएको छ। योसँगै नेपालमा ८६ लाख ५५ हजार दुई सय १५ जनाले कम्तिमा एक मात्रा खोप प्राप्त गरेका छन्। त्यस्तै ६८ लाख ६५ हजार छ सय ६५ जनाले पूर्ण मात्रा खोप प्राप्त गरिसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell