PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

आगामी आम निर्वाचनमा गठबन्धन हुँदैन : सुजाता कोइराला, ‘कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ’



रासस

आगामी आम निर्वाचनमा गठबन्धन हुँदैन : सुजाता कोइराला, ‘कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ’
फाइल फोटो।

चितवन : नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले आगामी आम निर्वाचनमा कांग्रेसको कुनै पनि दलसँग गठबन्धन नहुने बताएकी छिन्।

आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले भनिन्, ‘गठबन्धनका विषयमा कुरा उठेको छैन। कांग्रेस एक्लै निर्वाचन लड्नुपर्छ।’

कांग्रेस ऐतिहासिक पार्टी भएकाले यस विषयमा छलफल गरेर मात्र निर्णय लिनुपर्ने उनको भनाइ छ।

फरक प्रसङ्गमा उनले कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने बताइन्।

उनले भनिन्, ‘सभापतिले अब अधिवेशन समयमा नै हुन्छ भन्नुभएको छ। विश्वास गर्नुपर्‍यो। समयमा नै अधिवेशन हुनुपर्छ।’

महाधिवेशनमा आफ्नो उम्मेद्वारी के हो भन्ने विषयमा उनले आफू छलफलमै रहेको बताइन्। राजनीतिमा परिवारभन्दा पनि विचार कोसँग मिल्छ भन्ने कुरा ठूलो रहेको बताउँदै उनले आफ्नो उम्मेद्वारी समय आएपछि मात्र जानकारी दिने बताइन्।

कांग्रेसभित्रको गुटबन्दी अन्त्य गर्दै आम निर्वाचन लक्षित हुनु आवश्यक रहेको पनि उनले बताइन्।

पछिल्लो समय प्रधानन्यायाधीशमाथि भइरहेको चौतर्फी आलोचनाप्रति उनले भनिन्, ‘यसले प्रजातन्त्रलाई कमजोर बनाउँछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell