PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

कांग्रेस महाधिवेशनको मिति फेरि सर्‍योः मंसिर २४ देखि गर्ने निर्णय, यस्तो छ तालिका



पहिलोपोस्ट

कांग्रेस महाधिवेशनको मिति फेरि सर्‍योः मंसिर २४ देखि गर्ने निर्णय, यस्तो छ तालिका
फाइल फोटो

काठमाडौँः सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन तालिका पुनः संशोधन गरिएको छ। निर्वाचन समितिको बिहीबारको बैठकले मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्नेगरि तालिका संशोधन गरिएको हो।  यसअघि मंसिर ९ देखि १४ गतेसम्म महाधिवेशनको कार्यतालिका तय भएको थियो। 

केन्द्रीय महाधिवेशन काठमाडौँमा हुनेछ। 

धेरै जिल्लाहरुमा स्थानीय तहमा वडा अधिवेशन समेत सम्पन्न नभएपछि तालिका संशोधन गरिएको हो। 

निर्वाचन समितिको निर्णय अनुसार अब सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्साका १२ जिल्लामा बाँकी गाउँ/नगर वडा अधिवेशन कात्तिक २७ गते हुनेछ। ती जिल्लामा गाउँ तथा नगरको अधिवेशन कात्तिक ३० गते हुनेछ। यस्तै, प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३, प्रतिनिधि सभाको क्षेत्रीय र एकमात्र निर्वाचन क्षेत्रको हकमा मंसिर १० गते अधिवेशन हुनेछ। 

यस्तै, सोलुखुम्बु दार्चुला र म्याग्दीमा प्रदेश सभा क्षेत्रीय अधिवेशन कात्तिक २७ गते हुनेछ। प्रतिनिधि सभाको क्षेत्रीय तथा एकमात्र निर्वाचन क्षेत्र भएको हकमा मंसिर १ गते अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ। 

यस्तै, हुम्लामा जिल्ला अधिवेशन मंसिर १ गते हुनेछ। 

अन्य ४६ जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३ गते हुनेछ। प्रतिनिधि सभा क्षेत्रीय तथा एकमात्र निर्वाचन क्षेत्रको हकमा मंसिर ६ गते अधिवेशन हुनेछ। एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको हकमा मंसिर १० गते अधिवेशन हुनेछ। 

निर्वाचन समितिले प्रदेश अधिवेशन मंसिर १६ र १७ गते गर्नेगरि तालिका संशोधन गरेको छ। यस्तै, केन्द्रीय महाधिवशन मंसिर २४, २५, र २६ गते हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell