PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रथम शिखर वार बुदोकैदो आजबाट शुरु, २५० खेलाडीको सहभागिता

प्रथम शिखर वार बुदोकैदो आजबाट शुरु, २५० खेलाडीको सहभागिता

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघको आयोजनामा प्रथम शिखर वार बुदोकैदो प्रतियोगिता आजबाट शुरु भएको छ। प्रतियोगितामा सातै प्रदेशबाट करिब २ सय ५० खेलाडीको सहभागिता रहेको संघका उपाध्यक्ष वीरकृष्ण महर्जनले बताए।

पुरुषमा ९ र महिलामा २ गरी जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुने छ। पुरुषमा ३० केजीमुनि, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि र खुला तौलसमूह स्पर्धा समावेश छन्।

महिलामा ४५ केजीमुनि र खुला तौलसमूहमा भिडन्त हुने छ। पुरुष/महिला खुलामा पहिलो हुनेले १ तोला सुनको पदक तथा दोश्रोले ५ तोलाको चाँदीको पदक प्राप्त गर्ने छन्। बाँकी हरेक स्पर्धाको विजेताले ५ हजार, उपविजेताले ३ हजार तथा तेश्रोले १ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन्।

तीन दिने प्रतियोगिताका खेलहरु काठमाडौंको बसन्तपुर डबलीमा जारी छ।



ट्रेन्डिङ पोस्ट

Ncell