PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ताजकिस्तानसँग नेपाल पराजित



पहिलोपोस्ट

ताजकिस्तानसँग नेपाल पराजित

काठमाडौं: एएफसी यू २३ एसियन कप क्वालिफायर्स अन्तर्गत आज सम्पन्न खेलमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ। ताजकिस्तानस्थित रिपब्लिक सेन्ट्रल स्टेडियममा सम्पन्न खेलमा नेपाल ६-० को फराकिलो अन्तरले पराजित भएको हो।

लगातार दोस्रो हार ब्यहोरेपछि नेपाल यू २३ एसियन कप क्वालिफायर्सको समूह चरणबाटै बाहिरिएको छ। यसअघिको खेलमा नेपालले इरानसँग पराजय ब्यहोरेको थियो।

आजको खेलमा पहिलो हाफमा ३ गोलले पछि रहेको नेपालले दोस्रो हाफमा थप ३ गोल ब्यहोरेको थियो।

यू २३ एसियन कप क्वालिफायर्सको समूह बी मा नेपालसहित ताजकिस्तान, इरान र लेबनान रहेका छन्।

नेपालले आगामी खेलमा अक्टोबर २१ मा लेवनानको सामना गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell