PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई



पहिलोपोस्ट

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई

काठमाडौः कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणले पाएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री खाँणलाई आफ्नो अनुपस्थितिमा जिम्मेवारी दिएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत जाँदै छन्। उनी कार्तिक १८  गते मात्र स्वदेश फर्किने कार्यक्रम रहेको छ।

गृहमन्त्री खाँणलाई प्रधानमन्त्रीको कार्यवाहक जिम्मेवारी दिएको पत्र राष्ट्रपति कार्यालयमा पठाइसकेको छ।

प्रधानमन्त्री  देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  त्यसतर्फ प्रस्थान गर्दै छन्।    

प्रधानमन्त्री देउवाको टोली पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, मुख्यसचिव शंकरदास वैरागी, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललगायत सहभागी रहेका छन्। पाँचौपटक प्रधानमन्त्री बनेका देउवाको यो पहिलो बिदेश भ्रमण हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell