PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

न्यायाधीशको बैठक ‘हेर्दाहेर्दै’मा बस्दा मुद्दाको सुनुवाइ निरन्तर प्रभावित, आन्दोलनका कार्यक्रम तय गर्न बारको बैठक



पहिलोपोस्ट

न्यायाधीशको बैठक ‘हेर्दाहेर्दै’मा बस्दा मुद्दाको सुनुवाइ निरन्तर प्रभावित, आन्दोलनका कार्यक्रम तय गर्न बारको बैठक

काठमाडौंः न्यायाधीशहरूको अघोषित बहिष्कारका कारण लगातार चौथो दिनसम्म सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ।

न्यायालयभित्रको वर्तमान विवादमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने मागसहित न्यायाधीशहरुले अघोषित रूपमा मुद्दाको सुनुवाइमा भाग लिएका छैनन्। विवादको निकासका लागि सोमबारदेखि निरन्तर बैठकमा रहेको भन्दै न्यायाधीशहरुले मुद्दा नहेरेका हुन्।

शुक्रवार एक एकल र सात वटा संयुक्त इजलास तोकिएका छन्। जबराले आफूलाई समेत संयुक्त इजलासमा पेशी तोकेका छन्। न्यायाधीश कुमार चुडालसँग जबराले आफूलाई पेशी तोकेका हुन्।

थुनुवा र बन्दीका मुद्दा समेत सुनुवाइ भएका छैनन्। दैनिक रूपमा पेशी सूची सार्वजनिक भए पनि इजलास नबसेको हो। बुधवार प्रधानन्यायाधीश जबराको एकल इजलासले भने पाँच वटा मुद्दामा आदेश गरेको थियो।

पूर्व जानकारी बिना नै सुनुवाइ प्रभावित हुँदा सेवाग्राही अदालत आउँदै फर्किनुपर्ने बाध्यतामा छन्। न्यायाधीशको बैठक पाँच दिनदेखि ‘हेर्दाहेर्दै’मा छ।

प्रधानन्यायाधीश जबराको न्यायिक आचरणमा सार्वजनिक रूपमा प्रश्न उठेपछि न्यायाधीशहरुले निकासका लागि भन्दै छलफल जारी राखेका छन्। सोमबारको छलफलबाटै प्रधानन्यायाधीशको राजीनामालाई सर्त बनाएका उनीहरूको माग पूरा भएको छैन। प्रधानन्यायाधीश जबराले आफू विधिसम्मत रूपमा बाहेक राजीनामा नदिने जवाफ सार्वजनिक रूपमा र न्यायाधीशहरुलाई पनि दिइसकेका छन्।

न्यायाधीशसँगै पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश फोरम, न्यायाधीश समाज, नेपाल बार एसोसिएसन लगायतले प्रधानन्यायाधीशको राजीनामा माग गरिसकेका छन्।

यसैबिच प्रधानन्यायाधीशविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्न बारको बैठक आज बस्दै छ। यसअघि राजीनामाका लागि गरेको आग्रह कार्यान्वयन नभएको भन्दै बारले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको हो। तर, प्रधानन्यायाधीश प्रकरणमा आन्तरिक रूपमा भने बार विभाजित छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell