PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

धादिङ धुनिवेशी सुरुङमार्गमा काम गर्ने कामदारको ट्रकले ठक्कर दिँदा मृत्यु, ट्रक चालक खोज्दै प्रहरी



पहिलोपोस्ट

धादिङ धुनिवेशी सुरुङमार्गमा काम गर्ने कामदारको ट्रकले ठक्कर दिँदा मृत्यु, ट्रक चालक खोज्दै प्रहरी

काठमाडौंः धादिङ  धुनिवेशी नगरपालिका-९ सुरुङमार्गमा एन ०६-१४ नम्बरको ड्रम ट्रकको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ।

सुरुङमार्गमा काम गर्ने सोही नगरपालिका-९ कानकोट बस्ने २९ वर्षीय ओम कृष्ण पाण्डेको बिहीबार राति मृत्यु भएको प्रहरीले जानकरी दिएको छ। सुरुङमार्ग निर्माण गर्ने उक्त ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौं उपचारको क्रममा मृत्यु भएको हो।

हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell