PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

बलिउड फिल्म 'उचाई' को नेपाल छायाङ्कन सकियो, सुटिङ टिम भोलि भारत फर्किँदै



पहिलोपोस्ट

बलिउड फिल्म 'उचाई' को नेपाल छायाङ्कन सकियो, सुटिङ टिम भोलि भारत फर्किँदै

काठमाडौंः बलिउड फिल्म 'उचाई'को नेपालको छायाङ्कन सकिएको छ। फिल्म 'उचाई' को नेपालको भइरहेको पहिलो चरणको सुटिङ सम्पन्न भएको छ। अब फिल्मको बाँकी सुटिङ भारतमा हुनेछ।

नेपालमा ४० दिनको सेड्युल रहेको फिल्मको छायाङ्कन २५ दिनमा नै सकिएको हो। मौसम राम्रो भएका कारण सेड्युलभन्दा केही दिनअघि नै फिल्मको सुटिङ सकिएको फिल्मका प्रोडक्सन डिजाइनर पुष्कर लामाले बताए।

'हिजो नै फिल्मको पहिलो चरणको छायाङ्कन सकिएको हो। काठमाडौं लगायत लुक्ला, नाम्चे, बेसीसहर हुँदै मनाङमा फिल्मको छायाङ्कन गरिएको छ,' लामाले भने।

फिल्म टोली भोलि भारत फर्किने तय भएको छ। फिल्मको बाँकी सुटिङ भने मुम्बईमा हुनेछ। सुरज वर्जत्यले निर्देशनमा बन्न लागेको निकै मिल्ने साथीहरूको मित्रताको कथालाई समेटेको छ। यस फिल्ममा अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र सारिका हसन बाहेक अमिताभ बच्चनको पनि महत्त्वपूर्ण भूमिका रहेको छ। साथै यस फिल्ममा परमिता राणालगायत नेपाली कलाकारहरूको समेत अभिनय रहेको छ।

फिल्म सुटिङका अनुपम खेर, बोमन इरानी, परिणिति चोपडा, सारिका हसनसहित जम्बो सुटिङ युनिट नेपाल आएको थियो। तर अमिताभ बच्चन भने नेपाल आएनन्।

नेपाल आएदेखि नै कलाकारहरूले फोटो तथा भिडियो सेयर गर्दै नेपालको प्राकृतिक सौन्दर्यताकको प्रशंसा गरिरहेका छन्। उनीहरूले सगरमाथाको बयान गर्नेदेखि नेपालको अतिथ्यताको खुलेर प्रशंसा गरेका थिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell