PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

नौं दिनदेखि हराएका युवक मृत भेटिए



पहिलोपोस्ट

नौं दिनदेखि हराएका युवक मृत भेटिए

राजविराजः सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ का २३ वर्षीय  लालु मण्डलको शव नौ दिनपछि भेटिएको छ।

मण्डललाई यही कात्तिक ३ गते जिता खोलामा आएको बाढीले बगाएको थियो। प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका मण्डलको शव सीमावर्ती भारतको सुपौल जिल्लाको कुनौली ग्रामपञ्चयात–१० स्थित जिता खोलाको बगरमा सडेको अवस्थामा फेला परेको हो। भारतीय प्रहरीसँगको समन्वयमा शव नेपाल ल्याइ मृतकका पिता शम्भु मण्डललाई बुझाइएको प्रहरीले जनाएको छ।

भारतीय बजार कुनौलीबाट किनमेल गरी फर्किंदै गर्दा हनुमानगर–रम्पुरा मल्हनिया सडकखण्डको जीर्ण पुल पार गर्ने क्रममा मण्डललाई जिता खोलाको बाढीले बगाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell