PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

बाढी पहिरोबाट मृत्यु भएकाको परिवारलाई जोरायल गाउँपालिकाको सहयोग



रासस

बाढी पहिरोबाट मृत्यु भएकाको परिवारलाई जोरायल गाउँपालिकाको सहयोग
फाइल फोटो।

डोटी : जोरायल गाउँपालिकामा बाढी पहिरोका कारण ज्यान गुमाएकाको परिवारलाई पालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ। बाढी पहिरोबाट ज्यान गुमाएका सात जनाको परिवारलाई पालिकाले सहयोग गरेको हो।

यही कात्तिक पहिलो साता आएको बाढी पहिरोबाट सयौँ घरमा क्षति पुगेको थियो। सोही घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई सात हजार रुपैयाँ नगद तथा खाद्यान्न, लत्ताकपडा र त्रिपाल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए।

उनले भने, ‘बाढी र पहिरोले तहस नहस बनाएको छ, कयौँको अकालमै ज्यान गएको छ, कतिपय घरबारविहीन भएका छन्, दुःखको बेला केही राहत होस् भनेर सहयोग गरेका हौँ।’

उक्त पालिकाको वडा नम्बर ४ को सैगडामा चार जना, वडा नम्बर १ मा एक जना र वडा नम्बर ३ नवलपुरमा बाढी पहिरोबाट दुईको मृत्यु भएको थियो। वर्षासँगै आएको बाढी पहिरोबाट सडक पूर्णरुपमा बन्द भएका छन्। भत्किएका सडक खोल्ने काम भइरहेको अध्यक्ष ओझाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell