PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

काम कारबाही प्रभावित भएको भन्दै सर्वोच्च अदालतमा न्यायाधीशहरुविरुद्ध तीन वटा रिट



पहिलोपोस्ट

काम कारबाही प्रभावित भएको भन्दै सर्वोच्च अदालतमा न्यायाधीशहरुविरुद्ध तीन वटा रिट

काठमाडौं : सर्वोच्च अदालतमा १५ जना न्यायाधीशविरुद्ध रिट परेको छ। विगत चार दिनदेखि न्यायधीशको अघोषित हड्तालको कारण कामकारबाही प्रभावित भएको भन्दै अधिवक्ताहरुले रिट निवेदन लिएर अदालत पुगेका हुन्। रिट दर्ता हुने प्रकृयामा रहेको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।

'अदालतको काम प्रभावित नगर्नु नगराउनु भन्दै तीन वटा रिटहरु विभिन्न न्यायाधीशविरुद्ध आएका छन्,' प्रवक्ता दाहालले भने।

न्यायाधीशहरूको अघोषित बहिष्कारका कारण लगातार चौथो दिनसम्म सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित भएको छ।

न्यायालयभित्रको वर्तमान विवादमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने मागसहित न्यायाधीशहरुले अघोषित रूपमा मुद्दाको सुनुवाइमा भाग लिएका छैनन्। विवादको निकासका लागि सोमबारदेखि निरन्तर बैठकमा रहेको भन्दै न्यायाधीशहरुले मुद्दा नहेरेका हुन्।

शुक्रवार एक एकल र सात वटा संयुक्त इजलास तोकिएका छन्। जबराले आफूलाई समेत संयुक्त इजलासमा पेशी तोकेका छन्। न्यायाधीश कुमार चुडालसँग जबराले आफूलाई पेशी तोकेका हुन्।

थुनुवा र बन्दीका मुद्दासमेत सुनुवाइ भएका छैनन्। दैनिक रूपमा पेशी सूची सार्वजनिक भए पनि इजलास नबसेको हो। बुधवार प्रधानन्यायाधीश जबराको एकल इजलासले भने पाँच वटा मुद्दामा आदेश गरेको थियो।

पूर्व जानकारी बिना नै सुनुवाइ प्रभावित हुँदा सेवाग्राही अदालत आउँदै फर्किनुपर्ने बाध्यतामा छन्। न्यायाधीशको बैठक पाँच दिनदेखि ‘हेर्दाहेर्दै’मा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell