PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

थप ५ सय ४९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु



पहिलोपोस्ट

थप ५ सय ४९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौंः पछिल्लो २४ घण्टामा थप ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ७ सय ४६ जनाको परीक्षण गर्दा ५ सय ४९ जनामा संक्रमण देखिएको हो। त्यस्तै सोही अवधिमा ५ सय ६९ जना संक्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या १० हजार १ सय ५१ रहेको मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै २४ घण्टामा संक्रमण भएका ६ जनाको मृत्यु भएको छ। अहिलेसम्म देशभर संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३ सय ८८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell