PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

ए डिभिजन लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्ने



पहिलोपोस्ट

ए डिभिजन लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्ने

काठमाडौं: कात्तिक २९ गतेबाट सुरु हुने शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब प्रतिस्पर्धामा उत्रने भएका छन्। आज सातदोबाटोस्थित एन्फा मुख्यालयमा प्रतियोगिताको टाइसिट ड्र गरिएको थियो।

प्रतियोगिताको उद्घाटन खेल २९ गते साँझ ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ।

लिग फागुन १४ गतेसम्म तीनवटा मैदानमा हुनेछन्, जसमा दशरथ रंगशाला, एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल स्टेडियम रहेका छ्न्। लिगबाट दुईवटा टोली रेलिगेसनमा पर्नेछन्। अघिल्लो सिजन एक टोलीमात्र रेलिगेशनमा परेको थियो।

प्रतियोगिगताको सुरुवाती दुई चरणको मात्र तालिका अखिल नेपाल फुटबल संघ (एन्फा)ले सार्वजनिक गरेको छ। लिग विजेता टोलीले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख प्राप्त गर्नेछन्।

हरेक म्याचका विजेताले ५० हजार प्राप्त गर्नेछन् भने खेल बराबरी भएको खण्डमा २५/२५ हजार प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell