PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

बंगलादेशको लगातार तेस्रो हार, वेस्ट इण्डिजको रोमाञ्चक जित



पहिलोपोस्ट

बंगलादेशको लगातार तेस्रो हार, वेस्ट इण्डिजको रोमाञ्चक जित
ICC via Getty

आईसीसी टी २० विश्वकप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा वेस्टइण्डिजले बंगलादेशमाथि जित निकालेको छ। शारजाह क्रिकेट स्टेडियममा सम्पन्न खेलमा वेस्टइण्डिजले बंगलादेशमाथि ३ रनको रोमाञ्चक जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको वेस्टइण्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियो। १४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३९ रनमात्र बनाउन सक्यो।

सुरुवाती ब्याटिङ गरेको वेस्ट इण्डिजको सुरुवात राम्रो भएन। क्रिस गेललाई ४ रन र एभिन लुइसलाई ६ रनमा गुमाएको वेस्टइण्डिजको पारी रोस्टोन चेजले सम्हालेका थिए। उनले ३९ रन बनाउँदा निकोलस पुरनले आक्रामक ब्याटिङ गर्दै ४० रन जोडे। त्यसबाहेक जेसन होल्डर १५ रनमा र कप्तान किइरोन पोलार्ड १४ रनमा अभिजित रहे।

बलिङतर्फ बंगलादेशका महेदी हसन, मुस्तफिजुर रहमान र शोर्तिफुल रहमानले समान २/२ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको बंगलादेश लिटोन दासले सर्वाधिक ४४ रन बनाउँदा सौम्य सरकार र मोहम्मद नइमले समान १७ रन जोडे। त्यसबाहेक मोहम्मद महमदुल्लाहले अभिजित ३१ रन जोडेपनि लक्ष्य पछ्याउन बंगलादेश असफल रह्यो।

बंगलादेशलाई लक्ष्यसम्म पुग्न नदिन रभि रामपउल, जेसन होल्डर, आन्द्रे रसेल, एकेइल हुसैन र ड्वाने ब्राभोले समान १/१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell