PahiloPost

Nov 13, 2025 | २८ कात्तिक २०८२

यो काँचो धागोले बाँधेको गठबन्धन होइन : नेपाल   



रासस

यो काँचो धागोले बाँधेको गठबन्धन होइन : नेपाल   
फाइल फोटो

विराटनगर : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत भएको बताएका छन्।    
    
विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको बताए। नेपालले प्रदेश नं १ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिगर्मन हुने जनाए।

प्रदेश नं १ का नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने भनाइ राख्दै नेपालले अघिल्लो सरकारले सङ्घीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाए। आफ्नो पार्टीमा मेचीदेखि महाकालीसम्म जनलहर देखिएको नेपालको दाबी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell