PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

प्रधानमन्त्री र गृह मन्त्रालयबिच कुनै असमझदारी छैन : कार्यवाहक प्रधानमन्त्री खाँण, 'कांग्रेस सभापतिमा देउवा नै दोहोरिनुपर्छ'



पहिलोपोस्ट

प्रधानमन्त्री र गृह मन्त्रालयबिच कुनै असमझदारी छैन : कार्यवाहक प्रधानमन्त्री खाँण, 'कांग्रेस सभापतिमा देउवा नै दोहोरिनुपर्छ'

काठमाडौं : कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले आफूले काँग्रेसको सभापतिमा पुनः शेरबहादुर देउवालाई देख्न चाहेको बताएका छन्।

शनिवार गृह मन्त्रालयमा सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री खाँणले सभापति देउवालाई पुन सभापति बन्ने शुभेच्छा रहेको बताएका हुन्।प्रहरीको सरुवा तथा बढुवामा गृहमन्त्री र प्रधानमन्त्रीबिच असमझदारी देखिएको भन्ने विषयमाथि खण्डन गर्दै मन्त्री खाँणले कुनै पनि असमझदारी नभएको प्रस्ट पारेका हुन्।

'प्रधानमन्त्री र गृह मन्त्रालयबिच कुनै पनि असमझदारी छैन। गृहको निर्णय प्रधानमन्त्रीको अवगतमा नै हुने गरेको छ,' मन्त्री खाँणले भने।

सुरक्षा निकाय र अन्य निकायमा सरुवा बढुवामा केही ढिलाइ भएको स्विकार गर्दै मन्त्री खाँणले सरुवा बढुवामा केही मापदण्ड पुरा गर्नु पर्ने भएकाले ढिलाइ भएको स्वकार गरेका छन्। 'राम्रो मनसायले यसलाई बिस्तारै गरेको हो,' मन्त्री खाँणले भने।

काठमाडौं जिल्ला प्रहरीको प्रमुख र प्रहरीको लेखापाल सरुवाको विषयलाई लिएर गृहमन्त्री विवादमा देखिएका छन्। त्यस्तै गृहमन्त्री  खाँणले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) सँग केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल भइरहेको समेत जानकारी दिएका छन्।

उनले कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्बबहादुर खाती र गृह सचिव टेकनारायण पाण्डेसँग छलफल भइसकेकाले कानुनी बाटोबाट नै समाधान खोज्ने प्रयास भइरहेको बताएका हुन्।

ओली सरकार र नेपाल कम्युनिस्ट पार्टीबिच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएको थियो। विप्लव समूह माथि लगाइएको मुद्दाको बारेमा कानुनी बाटोबाट समाधान खोजी रहेको गृहमन्त्री खाँणले बताए।

' कानुनी प्रक्रियाबाट नै मुद्दा टुङ्गिनुहोस् वा फिर्ता लिन सकियोस् र बन्दीहरू पनि मुक्त हुन भन्ने नै हो। त्यसको लागि अहिले गृहकार्य भइरहेको छ,' गृहमन्त्री खाँणले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell