PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

लेस्टर सिटीमाथि आर्सनलको जित



पहिलोपोस्ट

लेस्टर सिटीमाथि आर्सनलको जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा आर्सनलले लेस्टर सिटीमाथि जित निकालेको छ। किंग पावर स्टेडियममा घरेलु टोली लेस्टर सिटीमाथि आर्सनलले २-० को जित निकालेको हो।

खेलको पाँचौं मिनेटमै गाब्रियलको गोलमा अग्रता बनाएको आर्सनलका लागि दोस्रो १८ औं मिनेटमा इमिल स्मिथले गोल गरेका थियो। खेलको पहिलो हाफमै आर्सनल दुई गोलले अघि रह्यो। दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसक्दा आर्सनलले २-० ले खेल आफ्नो पक्षमा पार्‍यो।

जितसँगै १० खेलबाट १७ अंक जोडेको आर्सनल शीर्ष पाँचमा छ। अर्कोतर्फ समान १० खेलबाट १४ अंक जोडेको लेस्टरसिटी तालिकाको दशौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell