PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

न्युक्यासलमाथि चेल्सीको जित



पहिलोपोस्ट

न्युक्यासलमाथि चेल्सीको जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सीले न्युक्यासलमाथि जित निकालेको छ। सेन्ट जेम्स पार्क स्टेडियममा सम्पन्न खेलमा चेल्सीले न्युक्यासलमाथि ३-० गोलअन्तरले हराएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा चेल्सीले ६५ औं मिनेटमा अग्रता बनाएको थियो। चेल्सीलाई अग्रता दिलाएका रिस जेम्सले खेलको ७७ औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसबाहेक पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै जोर्गिन्होले ८१ औं मिनेटमा अर्को गोल थपे। र, चेल्सीले ३-० को सहज जित निकाल्न सफल भयो।

जितसँगै १० खेलबाट २५ अंक जोडेको चेल्सी तालिकाको शीर्षस्थानमा छ भने ४ अंक जोडेको न्युक्यासल तालिकाको १९ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell