PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

अस्ट्रेलियामाथि इङ्ग्ल्याण्डको सहज जित



पहिलोपोस्ट

अस्ट्रेलियामाथि इङ्ग्ल्याण्डको सहज जित
Getty Images

आईसीसी टी २० विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा इङ्ग्ल्याण्डले अस्ट्रेलियामाथि सहज जित निकालेको छ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा इङ्ग्ल्याण्डले अस्ट्रेलियामाथि ८ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२५ रन बनाए। १२६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले ११.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो।

सुरुवाती ब्याटिङ गरेको अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४४ रन बनाउनु बाहेर सुरुवाती ब्याट्सम्यानहरुले दोहोरो अंकसमेत जोड्न सकेनन्। उनी बाहेक एस्टोन एगोरले २० रन बनाउँदा म्याथिउ वेडेले १८ रनको योगदान दिए। त्यस्तै मिचेल स्टार्कले १३ र प्याट कमिङ्सले १२ रन जोडे।

अस्ट्रेलियालाई सस्तैमा समेट्न क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिँदा क्रिस ओएक्स र टाइमल मिल्सले समान २/२ विकेट लिए। त्यस्तै आदिल रशिद र लिआम लिभिङस्टोनले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको इङ्ग्ल्याण्डका लागि जोस बटलरले आक्रामक पारी खेल्दै ३२ बलमा ५ चौका र ५ छक्काको सहायतामा ७१ बनाउँदै अविजित रहे। त्यस्तै जेसन रोएले २२ रन बनाउँदा जोन्नी बेयरस्टो १६ रनमा अविजित रहे।

अस्ट्रेलियाका लागि एस्टोन एगोर र एडम जाम्पाले समान १/१ विकेट लिए।

जारी विश्वकपमा लगातारी तेस्रो जित निकालेको इङ्ग्ल्याण्ड सेमिफाइनलको नजिक पुगेको छ। अर्कोतर्फ अस्ट्रेलियाले प्रतियोगितामा पहिलो हार ब्यहोरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell