PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चमा बारले कालोपट्टी बाँधेर विरोध गर्दै



पहिलोपोस्ट

प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चमा बारले कालोपट्टी बाँधेर विरोध गर्दै

काठमाडौं : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पदबाट राजीनामा दिन माग गर्दै विरोध गर्दैछ। बारले आजबाट सर्वोच्च अदालत परिसरमा विरोध कार्यक्रम गर्न लागेको हो। बारले कानुन व्यवसायीलाई कालो पट्टी बाँधेर विरोध गर्ने कार्यक्रममा सहभागी हुन अनुरोधसमेत गरेको छ।

'मिति २०७८ कार्तिक १४/१५/१६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १०:०० बजेदेखि ११:०० बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकाकामा रहेका बार एकाईका कानून व्यवसायीज्यूहरु लगायत सम्पूर्ण कानून व्यवसायीज्यहरुलाई अनुरोध गर्ने,' शुक्रवार बारले गरेको निर्णयमा उल्लेख छ।

बारको बैठकले तिहारअघिको चार दिने आन्दोलन घोषणा गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिए।

'हामीले तिहारअघिका आन्दोलन घोषणा गरेका छौं। यो चरणबद्ध आन्दोलन हो। तिहारअघिका ४ दिन हामीले आन्दोलन गर्ने निर्णय गरेका छौं,' बारका महासचिव पौडेलले भने।

त्यसैगरी प्रधानन्यायाधीशलाई इजलासमा नबस्न अनुरोध गर्नेसमेत बारले जनाएको छ।

प्रधानन्यायाधीशविरुद्धको विरोधका कार्यक्रमबारे देशभर रहेका बारका ९० वटा इकाईसँग भर्चुअल माध्यमबाट छलफल गरी थप विरोधका कार्यक्रमसमेत गर्ने पौडेलले जनाए। प्रधानन्यायाधीशको राजीनामा नआए तिहारपछि विरोधका थप कार्यक्रम ल्याउने उनले बताए।

पछिल्लो समय विवादमा आएपछि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै बारले विभिन्न कार्यक्रम गर्दै आएको छ।

यस्ता छन् विरोधका कार्यक्रम

  • मिति २०७८ कार्तिक १४/१५/१६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १०:०० बजेदेखि ११:०० बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकाकामा रहेका बार एकाईका कानून व्यवसायीज्यूहरु लगायत सम्पूर्ण कानून व्यवसायीज्यहरुलाई अनुरोध गर्ने।
  • मिति २०७४/०७/१६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने।
  • न्यायपालिकाको वर्तमान अवस्था र नेपाल बार एसोसिएसन(नेबाए)को निर्णयको बारेमा ९० वटै बार एकाईहरुमा परिपत्र गर्ने र नेबाएको निर्णय कार्यान्वयन गर्न अनुरोध गर्ने।
  • नेबाएका ९० वटै बार एकाईहरुका अध्यक्ष र सचिवज्यूहरुसँग भर्चुयल (जुम) मार्फत छलफल, अन्तरक्रिया र सुझाव सङ्कलन गर्ने।
  • उल्लेखित कार्यक्रम अवधिभित्र पनि राजीनामा नआएमा थप विरोधका कार्यक्रमहरु घोषणा गर्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell