PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

भारत आउन तयार भए पोप फ्रान्सिस



पहिलोपोस्ट

भारत आउन तयार भए पोप फ्रान्सिस
Photo : Reuters

क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसले भारत भ्रमणको निम्तो स्वीकार गरेका छन्। शनिवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पोपबिच भेटवार्ता भएको थियो। त्यसक्रममा मोदीले पोपलाई भारत भ्रमणको निम्तो दिएका थिए। पोपले मोदीको निमन्त्रणालाई 'सबैभन्दा राम्रो उपहार' भनेको भारतीय विदेश सचिव हर्षबर्धन श्रृंगलाले बताएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

मोदी र पोपबिच २० मिनेटको छलफल हुने बताइएपनि दुईजनाले करिब एक घण्टा छलफल गरेका थिए। मोदीले भेटका क्रममा पोपलाई अंगालो मारेको तस्विरहरु हाल भारतमा चर्चामा छ।

भेटका क्रममा मोदीले पोपलाई चाँदीको मैनबत्ती स्टायन्ड दिएका थिए। पोपले भने मोदीलाई ब्राँन्ज पट्टिका दिएका थिए। उक्त पट्टिकामा ओल्ड स्टेटमेन्टको एक पंक्ति लेखिएको बताइएको छ।

यसअघि पोप जान पाल सन् १९९९ मा भारतमा आएका थिए। करिब २० वर्षपछि क्याथोलिक धर्म गुरुले अब छिट्टै भारत भ्रमण गर्ने बताइएको छ। केही वर्षअघि पोपले दक्षिण एसियाली राष्ट्रहरुको भ्रमण गरेका थिए। त्यस क्रममा उनी श्रीलंका, बंगलादेश र म्यानमार गएका थिए। तर उनी भारतमा गएका थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell