PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

बारमा कानुन व्यवसायी : कालो भर्सेस् सेतो



पहिलोपोस्ट

बारमा कानुन व्यवसायी : कालो भर्सेस् सेतो

काठमाडौं : नेपाल बार एसोसिएसनमा आज बिहान १० बजेपछि कानुन व्यवसायीहरु हातमा पट्टी बाँधेर उत्रिए। कालो कोटमा विरोधमा उत्रिएका कानुन व्यवसायीहरुको पट्टीमा भने समनता देखिएन। बार परिसरमा उत्रिएकाहरु कसैले कालोपट्टी बाँधेका थिए त कोहीले सेतो पट्टी।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजिनामा माग्दै आएका कानुन व्यवसायीहरु कालो पट्टी बाँधेर उत्रिए। हातमा कालोपट्टी बाँधेर बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, दमननाथ ढुंगानालगायत कानुन व्यवसायीहरु सर्वोच्च अदालत परिसमा आन्दोलनमा उत्रिएका थिए।

त्यस्तै बारको निर्णयभन्दा विपरित कानुन व्यवसायीहरु पनि देखिएका छन्। कानुन व्यवसायी भूमिनन्द ढकाल, स्वागत नेपाललगायत भने बार परिसरमा सेतो पट्टी लगाएर उभिए। उनीहरुले सर्वोच्चमा इजलासले निरन्तरता पाउनुपर्ने माग गर्दै आएको छन्। यही विवादमा वकिल ढकाल शुक्रवार बार परिसरमा विराट न्यौपानेसँग कुटाकुटमा उत्रिएका थिए।

त्यस्तै स्वागत नेपाल लगायत अधिवक्ताले न्यायाधीशहरुले इजलास स्थागित गरेर मुद्दा प्रभावित भएको भन्दै अदालतमा रिट निवेदनसमेत दिइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell