PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

जनताको नजरबाट गिरिसकेका नेतालाई अगाडि राखे जनताले विश्वास गर्दैनन् : प्रकाशमान सिंह



पहिलोपोस्ट

जनताको नजरबाट गिरिसकेका नेतालाई अगाडि राखे जनताले विश्वास गर्दैनन् : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टी भित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवज उठाउनु पर्ने बताएका छन्।

आइतबार नेपाली कांग्रेस कीर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको नेतृत्वले हेलचेक्राई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आईपुगेको समेत बताए।

पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता कार्यकर्ताले नगर्ने भन्दै उनले आफुहरू नै पार्टी सुधारमा लाग्नु पर्ने बताए।

‘पार्टी भित्रको समस्यामा कुरा हामीले नउठाए कस्ले उठाउँछ ? पार्टीको समस्या हामी आफै समधान गर्ने हो। बाटो विराउनेलाई बाटो देखाउनु पर्छ। आलोचना गर्दा पार्टीको विधी र पद्धतीको रक्षा हुन्छ।’ उनले भने।

उनले १३ औ महाधिवेशन पछि कांग्रेस इतिहासको कमजोर अवस्था आईपुगेको बताउँदै अहिले कै अवस्था कायम रहे राष्ट्रिसभाको चुनावमा भाग लिनबाट पार्टी बञ्चित हुनुपर्ने जोखिम आएको बताए। विवाद मिलाउन पर्नेमा नेतृत्वले त्यसो गर्न नसकेको उनको आरोप छ।

‘देशमा लोकतन्त्र जोगाउनको लागि पनि कांग्रेसमा विधि पद्धती जोगाउन जरुरी छ। सक्षम प्रभावकारी पार्टीको रुपमा स्थापना पनि पहिले पार्टी भित्र विधिपद्धतीको स्थापना गर्नुपर्छ’उनले भने ‘त्यसो गर्न नसके प्रजापरिषद्को बाटोमा नेपाली कांग्रेस जान्छ।’

नेता सिंहले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेद्वार बन्न आफु तयार रहेको बताए। पार्टीलाई वडा देखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनको लागी आफु सभापति बन्नु पर्ने उनको तर्क थियो।

‘जनताको नजरबाट गिरिसकेका नेतालाई अगाडि राखेर जतिसक्दो राम्रो काम गरेपनि जनताले विश्वास गर्ने छैनन्’ उनले भने ‘लोकतन्त्र जोगाउनको लागी नेतृत्व परिवर्तन आवश्यक छ । विधि र पद्धती जोगाउनको लागि पनि नेतृत्व परिवर्तन आवश्यक छ।’

काठमाडौंका नागरिकले प्रकाशमानले हेर्दै हेर्दैन भन्ने अनि बाहिरी जनताले यो त काठमाडौंको मात्र हो भन्ने गरेको उनको गुनासो छ। उनले आफु देशका ७७ जिल्लामा नै पुगेको र सबै जनताको दु:ख बुझेको दाबी गरे। पार्टीलाई विधि सम्वत तरिकाले अगाडि बढाउनको लागि नेता कार्यकर्ताहरुले आफुलाई साथ दिनु पर्ने उनको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell