PahiloPost

Jun 23, 2024 | १० असार २०८१

टी २० विश्वकपमा आज दुई खेल: प्रतिस्पर्धामा भारत र न्युजिल्याण्ड



पहिलोपोस्ट

टी २० विश्वकपमा आज दुई खेल: प्रतिस्पर्धामा भारत र न्युजिल्याण्ड
File Photo: AFP

आईसीसी टी २० विश्वकपमा आज समूह 'बी'मा दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा पौने ४ बजे नामिबिया र अफगानिस्तान भिड्ने छन् भने दोस्रो खेलमा पौने ८ बजे भारत र न्युजिल्याण्ड भिड्दैछन्।

आज प्रतिस्पर्धामा उत्रने टिममध्ये भारत, अफगानिस्तान र न्युजिल्याण्ड यसअघि नै पाकिस्तानसँग पराजित भइसकेका छन्। समूह बीमा पाकिस्तान, भारत, न्युजिल्याण्ड, अफगानिस्तान, स्कटल्याण्ड र नामिबिया छन्।

आज हुने दोस्रो खेलमा प्रतियोगिताको उपाधिको बलियो दाबेदार मानिएका भारत र न्युजिल्याण्ड दवाबका मैदान उत्रनेछन्। दुई टोलीले आआफ्नो पहिलो खेलमा पाकिस्तानसँग हार ब्यहोर्दा सेमिफाइनल प्रवेशका लागि जित्नपर्ने दवाबमा छन्।

पहिलो खेलको पराजयले दुबै टोलीले आआफ्ना कमजोरीलाई पत्ता लगाइसकेका छन्। बिराट कोहलीको कप्तानीमा रहने भारत सुरुवातीव विकेट जोगाउनमा केन्द्रीत भएको देख्न सकिनेछ भने केन विलियमसनको कप्तानीमा रहेको न्युजिल्याण्डले पारीको फिनिसिङमा जोड दिन सक्नेछ।

इतिहास हेर्नेहो भने न्युजिल्याण्डसँग भारतको इतिहास राम्रो छैन। पछिल्लो पटक सन् २००३ मा एकदिवसीय विश्वकपमा भारतले न्युजिल्याण्डमाथि जित निकालेको थियो। त्यसपछि २००७ र २०१६ को टी २० विश्वकपमा न्युजिल्याण्डले भारतलाई हराएको थियो भने २०१९ को एकदिवसीय विश्वकप र वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि भारतलाई हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell