काठमाडौं: लिटल डल्फिन्स् किड्स ट्राईथलनको उपाधि जाडेन श्रेष्ठ 'ब्वाईज्' र आजमी सेरचन 'गर्ल्स'ले हात पार्न सफल भएका छन्।
विद्यालयस्तर देखि नै खेलाडी उत्पादन गर्दै नेपालमा ट्राईथालन खेलको विकास र विस्तार गर्ने उद्धेश्यले नेपाल ट्राईथालन संघको प्राविधिक सहयोग र लिटल डल्फिन्स् स्विम स्कुल प्राईभेटको आयोजनामा भएको प्रतियोगितामा जाडेनले १०० मिटर पौडी ५ कि.मि. साईक्लिङ्ग र १.५ कि.मि. दौड २० मिनेट ५१.६१ सेकेन्डमा पुरा गर्दै उपाधि उचालेका हुन्।
यस्तै आजमीले उक्त दूरी २३ मिनेट १८.१० सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेकी हुन्। विजयी खेलाडीहरुले प्रमाण पत्र, मेडल र १० हजार बराबरको गिफ्ट भौचर प्राप्त गरे।
कालोपुलस्थित वेष्ट भेन्युमा भएको प्रतियोगितामा ब्वाईजतर्फ अथर्व सिंहले दोश्रो स्थान प्राप्त गर्दा युभन लाल श्रेष्ठले तेश्रो स्थान प्राप्त गरे। सिंहले उक्त दूरी २१ मिनेट, १२.७२ सेकेन्ड र श्रेष्ठले २२ मिनेट, १७.२० सेकेन्डमा पुरा गरे। यस्तै गर्ल्सतर्फ परिधी भण्डारीले २५ मिनट १७.१६ सेकेन्ड र आर्या महर्जनले २६ मिनट १२.५४ सेकेन्डमा दूरी पुरा गर्दै दोश्रो र तेश्रो स्थान हात पारे।

दोश्रो र तेश्रो स्थान हात पार्ने खेलाडीहरुले मेडल, प्रमाण पत्रका साथै ५ हजार र ३ हजारको गिफ्ट भौचर प्राप्त गरे।
