PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

'द भ्वाइस किड्स नेपाल' कात्तिक २६ गतेदेखि प्रसारणमा आउने



पहिलोपोस्ट

'द भ्वाइस किड्स नेपाल' कात्तिक २६ गतेदेखि प्रसारणमा आउने

काठमाडौं : गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ प्रसारणमा आउने भएको छ। ‘द भ्वाइस किड्स नेपाल’ आउँदो कात्तिक २६ गतेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुन लागेको हो।

‘द भ्वाइस किड्स नेपाल’ ले आधिकारिक फेसबुक पेजमार्फत प्रसारणबारे जानकारी दिएको हो। यो शो सातामा शुक्रवार र शनिवार ८ बजे प्रसारण हुनेछ।

बालबालिकाको प्रतिभालाई विश्व सामु राख्ने उद्देश्यले यो शो गरिएको आयोजकले जनाएका छन्। शो को ब्लाइन्ड अडिसन छायाङ्कन भइसकेको छ।

'द भ्वाइस किड्स' को निर्णायकमा गायक राजु लामा, प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार रहेका छन्। यो शोमा पनि 'द भ्वाइस अफ नेपाल' का निर्देशक लक्ष्मण पौडेलको निर्देशन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell