PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

पासपोर्ट बनाउनेको भीड, बिहानैदेखि लाइनमा बस्दा पनि पालो आउने टुङ्गो छैन

पासपोर्ट बनाउनेको भीड, बिहानैदेखि लाइनमा बस्दा पनि पालो आउने टुङ्गो छैन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राहदानी विभागमा पासपोर्ट बनाउने युवाहरूको भीड लागेको छ। आज बिहानै देखिनै पासपोर्ट बनाउन सेवाग्राही लाइनमा बसेका छन्।

सेवाग्राहीको भिडभाड हुँदा लाइन व्यवस्थापन गर्न सुरक्षाकर्मीहरूलाई पनि हेम्मेहम्मे परेको देखिन्थ्यो। राहदानी विभागदेखि लैनचौरसम्म सर्वसाधरण लाइनमा बसेका छन्।

चाँडो काम हुने आशले बिहानैदेखि लाइनमा आएर बसेको सेवाग्राहीले गुनासो गरेका छन्। बिहानैदेखि लाइनमा बस्दा पनि आज पालो आउने नआउने कुनै टुङ्गो नभएको सेवाग्राहीले बताए।



ट्रेन्डिङ पोस्ट

Ncell