PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

आफ्नै पार्टीको सरकारलाई नेविसंघको चेतावनी : इन्धनको मुल्य नघटे कडा कदम चाल्छौँ



पहिलोपोस्ट

आफ्नै पार्टीको सरकारलाई नेविसंघको चेतावनी : इन्धनको मुल्य नघटे कडा कदम चाल्छौँ

काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले इन्धनको मुल्य वृद्धिको विरोध गरेको छ। सत्तारुढ नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका अध्यक्ष राजिव ढुंगानाले विज्ञप्ति निकाल्दै चाडपर्वका बेलामा मुल्य वृद्धि भएको भन्दै विरोध जनाएका हुन्।

सरकारले हस्तक्षेप गरेर आयल निगमले बढाएको मुल्य फिर्ता गर्नुपर्ने नेविसंघको माग छ। 'सरकारले हस्तक्षेप गरी तत्काल आयल निगमले गरेको मूल्यवृद्धि खारेज गर्न जोडदार माग गर्दछौं,' विज्ञप्तिमा भनिएको छ।

इन्धनको मुल्य बढ्दा ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको मूल्य वृद्धि हुने भएकाले मुल्य वृद्धि फिर्ता लिनुपर्ने नेविसंघको माग छ।

संगठनले बढेको मुल्य फिर्ता नभए आन्दोलनको चेतावनी समेत दिएको छ। 'नेपाली जनताको ढाड सेक्ने गरी कोही कसै बाट पनि भएका निर्णय हामीलाइ मान्य हुने छैन,' नेविसंघले भनेको छ।

मुल्य वृद्धी गर्ने निर्णय खारेज नभए कडा कदम चाल्ने नेविसंघले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell