PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

तालिवानलाई पाकिस्तानको अनौपचारिक मान्यता, तालिवान प्रतिनिधिले सम्हाले दूतावास



पहिलोपोस्ट

तालिवानलाई पाकिस्तानको अनौपचारिक मान्यता, तालिवान प्रतिनिधिले सम्हाले दूतावास
Photo : AFP/File Via- Dawn

तालिवानले काबुल नियन्त्रणमा लिएको तीन महिना बित्न लागेको छ। सरकार गठन भएको दुई महिना बितिसक्दा पनि तालिवान नेतृत्वको सरकारलाई विश्वका कुनै पनि देशले मान्यता दिएका छैनन्। 

यद्यपि तालिवान प्रतिनिधिहरुसँग निरन्तर रुपमा विभिन्न देशका नेताहरुले भेट गरेका छन्। विभिन्न देशका प्रतिनिधिहरु काबुल पुगेका छन्। 
अफगानिस्तानको छिमेकी पाकिस्तानले औपचारिक रुपमा अफगानिस्तानको नेतृत्वको रुपमा तालिवान सरकारलाई मान्यता दिइसकेको छैन। यद्यपि उसले अनौपचारिक रुपमा तालिवान सरकारलाई मान्यता दिन थालेको छ। 

यसको पहिलो कडीको रुपमा इस्लामावादस्थित अफगान दूतावासको नेतृत्व तालिवान प्रतिनिधिले सम्हाल्न थालेका छन्। 

तालिवानले नियुक्त गरेका कुटनीतिज्ञले पाकिस्तानस्थित अफगान दूतावास तथा महावाणिज्यदूतावासको 'चार्ज' लिएको स्रोतलाई उदधृत गर्दै डन न्यूजले जनाएको छ। 

सरदार मुहम्मद शोकैवले इस्लामावादस्थित दूतावासको प्रथम सचिवको रुपमा काम थालेको समाचारमा उल्लेख छ। 

त्यस्तै हाफिज मोहिवुल्लाह, मुल्ला गुलाम रसुल र मुल्लाह मुहम्मद अब्बासले क्रमश: पेशावर, कोट्टा, कराचीको महावाणिज्य दूतावासमा कार्यभार सम्हालेका छन्। 

शोकैव इस्लामावादस्थित अफगान दूतावासको 'चार्द डी अपेयर्स'को रुपमा रहनेसमेत समाचारमा उल्लेख छ। 

इस्लामावदस्थित अफगान दूतावास जुलाइदेखि नेतृत्वविहिन थियो। असर्फ घानी नेतृत्वको अफगान सरकारका दूतको रुपमा रहेका नजिवुल्लाअ अलिखिल उनकी छोरी सिलसिला अलिखिलको अपहरण भएको आरोप लगाउँदै इस्लामावाद छाडेका थिए। 

तालिवान प्रतिनिधिको रुपमा इस्लामावादस्थित दूतावासको नेतृत्व समाल्न आएका शोकैव पास्तुन समुदायका हुन्। उनी जावुल प्रान्तका रहेको भीओएले जनाएको छ। उनी यसअघि तालिवानको सूचना तथा सांस्कृतिक विभागमा काम गर्थे र तालिवान समर्थिक म्यागेजिनसँग सम्बन्धित थिए। उनले क्वारी युसाफ अहमदीको नाममा तालिवानको प्रवक्ताको रुपमासमेत काम गरेका थिए। उनी पाकिस्तानमा पक्राउसमेत परेका थिए। 

पछि उनी पेशावरमा बस्न थालेका थिए। यसैबीच त्यहाँ कन्सुलेटले कन्सुल जनरलको रुपमा काम गर्न थालेको सूचना जारी गरेको छ। तालिवान कुटनीतिज्ञलाई अनुमति दिएको विषयमा पाकिस्तानी अधिकारीहरुले 'प्रशासनिक' काम भएको टिप्पणी गरेका छन्। 

'यो विशुद्ध प्रशासनिक मामिला हो। यसको मतलब दूतावासले नियमित कार्य गर्न सकोस भन्ने हो,' पाकिस्तानको विदेश कार्यालयका प्रवक्ता अशिम इफ्तिकारले भनेका छन्।    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell