PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

थपिए ४०८ जना कोरोना संक्रमित, ५१८ जना डिस्चार्ज



पहिलोपोस्ट

थपिए ४०८ जना कोरोना संक्रमित, ५१८ जना डिस्चार्ज

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। ७ हजार ८९९ जनाको परीक्षण गर्दा ४०८ जनामा संक्रमण देखिएको हो। ५१८ जना संक्रमण मुक्त भएका छन्।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ९ हजार ३७६ पुगेको छ।

संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ। हालसम्म देशभर ११ हजार ४०७ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा ३८ हजार ८१५ जनाले कोभिड १९ विरुद्ध खोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell