PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

नेपाल लेबनानसँग पराजित



पहिलोपोस्ट

नेपाल लेबनानसँग पराजित
Photo: ANFA

काठमाडौं: एएफसी यू २३ एसियन कप क्वालिफायर्स अन्तर्गत आज सम्पन्न खेलमा नेपाल लेबनानसँग पराजित भएको छ। रिपब्लिकन सेन्ट्रल स्टेडियममा आज सम्पन्न खेलमा नेपाल ४-० गोलअन्तरले पराजित भएको हो।

खेलको २६ औं मिनेटमा अग्रता लिएको लेबनानले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा लेबनानले तीन गोल थप्यो। खेलको ४७ औं, ७४ औं र ८२ औं मिनेटमा गोल थप्दा नेपाल ४-० ले पराजित भयो।

यो सँगै नेपालले क्वालिफायर्सका तीनवटै खेलमा पराजय ब्यहोरेको छ। क्वालिफायर्सको आफ्नो पहिलो खेलमा नेपालले इरानसँग ४-० गोलअन्तरले पराजय ब्यहोरेको थियो भने दोस्रो खेलमा ताजकिस्तानसँग ६-० को फराकिलो हार ब्यहोरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell